SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ ०३:३९ PM · 1 मिनेट पढाइ

अमेरिका–इरान शान्ति सम्झौतापछि ब्रेन्ट तेलको मूल्य ८० डलरभन्दा तल

एजेन्सी । संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति सम्झौतापछि स्टे«ट अफ हर्मुज पुनःसञ्चालनमा आउने अपेक्षाले मङ्गलबार अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य तीन महिनायताकै न्यून स्तरमा झरेको छ । अन्तरराष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य चार प्रतिशतले घटेर प्रतिव्यारेल ७९ दशमलव ८७ डलरमा पुगेको छ ।