नापी कार्यालय चाबहिलका अमिन ६० हजार घुससहित पक्राउ
नापी कार्यालय चाबहिल २ नम्बर नापी टोलीका अमिन टोप जङ खत्री सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् । सेवाग्राहीको जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाइदिने भन्दै उनले घुस माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले निगरानी गरेको थियो ।
