SHARE
अन्नपूर्ण · मङगलबार २ असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

बोलेरोमा भेटियो १०९ केजी गाँजा, २ जना पक्राउ

वीरगन्ज : बोलेरो गाडीमा लागू ओैषध गाँजा तस्करी गर्ने दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बा१९ च ५७३८ नम्बरको बोलेरो गाडीका चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ का ३० वर्षीय सुभाष थामी र त्यही ठाउँका २८ वर्षीय छत्र बहादुर थामी रहेका छन्।वीरगन्ज महानगरपालिका-२१ स्थित ड्राइपोर्ट-परवानीपुर सडकखण्डमा इलाका प्रहरी कार्यालय पोखरिया र वडा प्रहरी कार्यालय श्रीपुरको संयुक्त टोलीले पथलैयाबाट वीरगन्ज आउँदै गरेको बा १९ च ५७३८ नम्बरको बोलेरो गाडी रोकेर चेकजाँच गरेको थियो।