हामी भागेका छैनाैं, साउनमा फर्किन्छाैं : देउवा दम्पती
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाले आफूहरू देश छाडेर भागेको नभई उपचारका क्रममा विदेशमा रहेको स्पष्ट गर्दै साउन महिनाभित्र नेपाल फर्किएर अनुसन्धानमा सहयोग गर्ने बताएका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सम्बोधन गर्दै पठाएको पत्रमा देउवा दम्पतीले आफूहरूविरुद्ध भइरहेको अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको जनाएका छन्।
