SHARE
Samata Press · मङगलबार २ असार २०८३ ०७:२८ PM · 1 मिनेट पढाइ

प्युठानमा विद्यालयबाट फर्किरहेका दुई बालक बाढीले बगायो

 प्युठान । प्युठानमा विद्यालयबाट फर्किरहेका दुई बालकलाई बर्खे बाढीले बगाएको छ । उक्त घटनामा एक बालकको मृत्यु भएको छ भने, अर्का बालक बेपत्ता भएका छन् । प्युठानको नौबहिनी गाउँपालिका–५ काँटेमा विद्यालयबाट घर फर्किरहेका स्थानीय यामबहादुर खत्रीका दुई छोरा विमल र मिलनलाई बर्खे बाढीले बगाएको हो । घटनामा विमलको शव फेला परेको छ भने मिलन बेपत्ता रहेको स्थानीय महेश थापाले जानकारी दिएका छन् । उनको खोजी भइरहेको छ । विमल कक्षा १ मा र मिलन कक्षा ३ मा अध्ययनरत थिए । थापाका अनुसार अकस्मात् आएको वर्षापछिको बाढीले दुवै जनालाई बगाएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।