निर्माण सामग्री र ढिलासुस्तीका कारण हुने दुर्घटनाको क्षतिपूर्ति ठेकेदारबाटै भराउन माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु न्यौपानेले भौतिक पूर्वाधार निर्माणमा पारदर्शिता र ठेकेदारको जबाफदेहिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद न्यौपानेले विकास निर्माणका कार्यमा हुने ढिलासुस्ती र लापरबाहीका कारण हुने मानवीय क्षतिको जिम्मेवारी ठेकेदारले नै लिनुपर्ने बताइन् ।
