SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ ०१:४९ PM · 1 मिनेट पढाइ

डोटी एक्स्काभेटर ठेक्का हिनामिना आरोपमा ८ जनाविरुद्ध मुद्दा दायर 

काठमाडौँ । डोटीको बडीकेदार गाउँपालिकामा एक्स्काभेटर भाडा ठेक्कामा करिब ४६ लाख ९५ हजार रुपैयाँ हिनामिना भएको आरोपमा तत्कालीन अध्यक्ष, उपाध्यक्ष, कर्मचारी तथा ठेकेदारसहित ८ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।