तलब माग गर्दै मधेश प्रदेशका १३६ स्थानीय तहमा कार्यरत प्रयोगशालाकर्मीहरु आन्दोलित
मधेश प्रदेशमा रहेका १३६ स्थानीय तहमा करारमा कार्यरत प्रयोगशालाकर्मीहरु आन्दोलित भएका छन् । गत कार्तिक महिनादेखि हालसम्म तलब र अन्य सेवा सुविधा नपाएको भन्दै उनीहरु आन्दोलित भएका छन् । जनकपुरधामस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला अगाडि मंगलबार उनीहरुले धर्ना दिनुका साथै नाराबाजीसमेत गरेका छन् ।
