के थियो सेफ सन्तोष साहको विवाद ?
बिबिसी मास्टरसेफका प्रतिस्पर्धी तथा चर्चित नेपाली सेफ सन्तोष साह पक्राउ प्रकरणबारे उनको सचिवालयले विस्तृत धारणा सार्वजनिक गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका कतिपय सामग्रीले वास्तविक तथ्य नसमेटेको दाबी गरेको छ । सचिवालयद्वारा जारी विज्ञप्तिअनुसार साहले गैरीधारामा रहेको ‘मिथिला थाली’ रेष्टुरेन्ट सञ्चालनका क्रममा आर्जव होल्डिङ्स प्रालिसँग भएको कारोबारलाई लिएर विवाद उत्पन्न भएको हो ।
