SHARE
Samata Press · मङगलबार २ असार २०८३ ०४:३७ PM · 1 मिनेट पढाइ

शिक्षा र स्वास्थ्य जस्ता मौलिक क्षेत्रमा शुल्क लगाउनु गलत : उमेश श्रेष्ठ

काठमाडौँ ।  शिक्षा उद्यमी उमेश श्रेष्ठले नेपाललाई शिक्षाको हबका रुपमा विकास गर्न सकिने बताएका छन् । उनले शिक्षा, प्रविधि र एआईको हबका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको औँल्याए।  हिसान र प्याब्सनका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठले संसारको अभ्यासलाई हेरेर नेपालमा पनि सही नीति बनाउन आवश्यक रहेको बताए।  केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा मंगलबार ललितपुरमा भएको ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत पहिलो सत्रमा ‘शिक्षामा निजी क्षेत्रको लगानी’का मुख्य वक्ताका रूपमा श्रेष्ठले सरकारले नीति बनाएर लगानी भित्र्याउन सक्ने बताएका हुन्। ‘संसारको अभ्यासलाई हेरेर नेपालमा पनि सही नीति बनाउने हो भने यहाँ एजुकेसन हब बनाउने प्रचुर सम्भावना छ। गुणस्तर नहुँदा अहिले निजीमा विद्यार्थी आकर्षित छन्, तर प्राईभेटलाई हौसला दिँदै सरकारी स्कुललाई पनि बलियो बनाउनुपर्छ।