ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा हल्का सुधार देखिएको सोमबारसम्म संकलित चार दिने सर्वेक्षणका अनुसार, इरानसँग युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता घोषणा हुनुअघि र पछिको अवधिमा जनधारणामा केही परिवर्तन देखिएको हो । उक्त सम्झौताले पेट्रोलियम मूल्य घट्न सहयोग गरेको बताइएको छ । सर्वेक्षणअनुसार हाल ट्रम्पले जीवनयापन खर्च व्यवस्थापनमा पाएको समर्थन २४ प्रतिशत पुगेको छ, जुन एक हप्ता अघि २२ प्रतिशत र एक महिना अघि २० प्रतिशत थियो ।
