सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५ विन्दुमा पुगेर बन्द भएको छ। आज बजार सुरुवाती समयदेखि नै ओरालो लाग्ने क्रम देखिएको थियो। बजार परिसूचक घटे पनि कारोबार रकम भने उत्साहजनक नै देखिएको छ। आज दिनभरिमा कुल ३५५ वटा स्क्रिप्सको कारोबारमा १ करोड ७ लाख ८ हजार ५ सय ९६ कित्ता सेयर खरिदबिक्री भएका छन्। जसबाट कुल ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँ १२ पैसा बराबरको कारोबार भएको छ।
