सेयर बजारको ओरालो यात्रा कायमै, ४ अर्बको कारोबार
काठमाडौं :मंगलबार सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा झरेको छ।अघिल्लो दिन सोमबार नेप्से परिसूचक १२.२६ अंकले घटेर २७११.७६ विन्दुमा अडिएको थियो।यसदिन ३५५ स्क्रिप्सको १ करोड ७ लाख ८ हजार ५९६ कित्ता सेयर ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँमा खरिदबिक्री भए।कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३१ करोड मूल्य बराबरको कारोबार भयो।
