SHARE
अन्नपूर्ण · मङगलबार २ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

नेपाल पौडी संघविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं : एशियाली खेलकुदको पौडी खेलाडी छनौटमा असहमति जनाउँदै खेलाडीहरू सर्वोच्च अदालत पुगेका छन् । पौडी खेलाडी इर्भिन श्रेष्ठ, मेधावी केसी र निर्णय थापाले आफूहरूलाई मौका समेत नदिई नेपाल पौडी संघले आफूखुशी खेलाडी छनौट गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको जनाएका हुन् ।नेपाल पौडी संघ, नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुदलाई विपक्षी बनाएर रिट दायर गरिएको रिटमा अदालतले असार ३ गतेका लागि छलफलमा समेत बोलाएको पौडी खेलाडी मेधावी केसीले जानकारी दिए ।