SHARE
पर्दाफास · मङगलबार २ असार २०८३ ०९:५० AM · 1 मिनेट पढाइ

कोशीमा लागूऔषधविरुद्धको अभियान : २२ जना कारोबारी समातिए

कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्ध सञ्चालन भइरहेको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट २२ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूको साथबाट १८ ग्राम १५० मिलिग्राम ब्राउन सुगर, ५०२ चक्की प्रतिबन्धित औषधि, एक मोटरसाइकल, एक स्कुटर र एक सिटी सफारी बरामद गरिएको प्रहरीले जनाएको छ ।