SHARE
पर्दाफास · मङगलबार २ असार २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

निर्माण व्यवसायीको ‘खुट्टा भाँचिदिने’ मन्त्रीको अभिव्यक्तिमाथि सांसद थापाको प्रश्न– कानुन चल्ने कि बल प्रयोग ?

नेपाली काँग्रेसकी सांसद बासना थापाले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीको ‘खुट्टा भाँचिदिने’ भनेर दिएको अभिव्यक्ति कानुनीशासन विपरीत भएको बताएकी छन् । प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले काम नगर्ने निर्माण व्यवसायीलाई कानूनी प्रक्रिया अवलम्बन गरी कारबाही गर्न सकिने बताएकी हुन् ।