SHARE
अन्नपूर्ण · मङगलबार २ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

अमेरिकी वायुसेनाको बमवर्षक विमान दुर्घटनाग्रस्त, आठ जनाको मृत्यु

अमेरिका : दक्षिणी क्यालिफोर्नियास्थित एडवाड्र्स एयर फोर्स बेसबाट उड्ने बित्तिकै अमेरिकी वायुसेनाको बी–५२ बमवर्षक विमान दुर्घटनाग्रस्त हुँदा बोइङ कम्पनीका दुई कर्मचारीसहित आठ जनाको मृत्यु भएको छ ।यो दुर्घटना सोमबार स्थानीय समयअनुसार बिहान ११ः२० बजे नियमित परीक्षण उडानका क्रममा भएको हो । विमान दुर्घटनापछि ठूलो मात्रामा कालो धुवाँको मुस्लो आकाशमा फैलिएको थियो, जुन धेरै टाढासम्म देखिएको थियो ।