यातायात क्षेत्रमा चालक नै नपाउने समस्या
काठमाडौं : सांसदहरुले बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर हुनुपर्ने जनाएका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा सार्वजनिक यातायात व्यवस्थापनका बिषयमा भएको छलफलका क्रममा उनीहरुले सार्वजनिक यातायातका क्षेत्रलाई सुधार गर्न राज्यको ध्यान नपुगेकाले सडक दुर्घटना बढेको भन्दै यसमा सरकार गम्भीर हुनुपर्ने बताएका हुन् ।बैठकमा कांग्रेस प्रमुख सचेतक बासना थापाले यातायात क्षेत्रको सुधारका लागि राज्यको प्रभावकारी नीति नभएको बताइन् ।
