SHARE
पर्दाफास · मङगलबार २ असार २०८३ ०८:३१ AM · 1 मिनेट पढाइ

रास्वपाको ६४ जिल्ला र चार प्रदेशमा नेतृत्व चयन, महाधिवेशनको तयारी तीब्र

पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशका अधिकांश तहमा संगठनात्मक अधिवेशन सम्पन्न गरेको जनाएको छ । हालसम्म ६४ जिल्लासहित चार प्रदेशमा नेतृत्व चयनको प्रक्रिया टुंगिएको पार्टीले जानकारी दिएको हो । पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार ४ हजार ३६३ वटा वडा र ६०९ वटा पालिकाको अधिवेशन सम्पन्न भइसकेको छ ।