नक्कली भूटानी शरणार्थी प्रकरणको फैसला आउँदै
नक्कली भूटानी शरणार्थी प्रकरणको फैसला आज आउने भएको छ । काठमाडौं जिल्ला अदालतमा पाँच दिनदेखि हेर्दाहेर्दैमा रहेको उक्त मुद्दाको सुनुवाइ न्यायाधीश तेजबहादुर खड्काको इजलासमा जारी छ। नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लगायत विभिन्न देशमा पठाइदिने प्रलोभन देखाएर करोडौं रुपैयाँ असुली गरेको आरोपमा दायर यस मुद्दाको अन्तिम सुनुवाइ जेठ २७ गतेदेखि भइरहेको हो।
