SHARE
कालिका खबर · मङगलबार २ असार २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

मानव स्रोतलाई डिजिटल शक्तिमा लान नसक्दा एमालेलाई गम्भीर धक्का लाग्यो : ओली

विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव स्रोतलाई डिजिटल शक्तिमा लान नसक्दा एमालेले गम्भीर धक्का खाएको बताएका छन् । नेकपा एमालेले आयोजना गरेको प्रदेश स्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव सङ्कलन कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै अरू क्षेत्रमा पनि धक्का लागेको भए पनि सबै भन्दा बढी एमालेले धक्का खाएको बताए । उनले आफू नेतृत्वको सरकारले देशको विकास र सुशासनका क्षेत्रमा काम गरी रहेको भए पनि अहिले देश सही बाटोमा नहिँडेको बताए । उनले संविधान निर्माणका बेलादेखि नै अवरोधहरू आएको भन्दै ती अवरोध हटाएर अगाडि बढेको स्मरण गरे ।