SHARE
अन्नपूर्ण · मङगलबार २ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

सिंहदरबारको ग्यारी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत

काठमाडौं : सिंहदरबारस्थित ग्यारी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ ।.मंगलबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले ग्यारी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत र बित्तीय प्रगति २८ प्रतिशत पुगेको जनाएको हो । विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक रोशन श्रेष्ठले पुरातत्व बिभागको समन्वयमा रेट्रोफिटिङको कार्य भइरहेको बताए।