SHARE
अन्नपूर्ण · मङगलबार २ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

विनियोजन विधेयकमाथि छलफल जारीः खर्च कटौतीका प्रस्ताव प्रस्तुत

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक,२०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी छ । बैठकमा सांसदहरूले विभिन्न मन्त्रालयको शीर्षकको खर्च रकम घटाउनेसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका छन्। बैठकमा सांसद गुरुप्रसाद बरालले विनियोजन विधेयक,२०८३ अन्तर्गत विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे। उनले माध्यामिक तह विद्यालयदेखि नै विज्ञान तथा प्रविधिमा पढाइ गर्न माग गरे।