SHARE
Samata Press · मङगलबार २ असार २०८३ १२:३८ PM · 1 मिनेट पढाइ

मन्त्रीहरुको अभिव्यक्तिप्रति सांसद यादवको आपत्ति, धम्कीपूर्ण भाषा प्रयोग भएकोमा आक्रोश

काठमाडौँ । सांसद रेखा यादवले सरकारमाथि विभिन्न संवेदनशील विषयमा जानकारी लुकाउने र संसदप्रति गैरजिम्मेवार व्यवहार गरेको आरोप लगाएकी छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मानव अधिकारसम्बन्धी प्रतिवेदन लुकाइएजस्तै गृहमन्त्रीसँग सम्बन्धित प्रतिवेदन पनि सरकारले लुकाएको आरोप लगाइन्। सांसद यादवले अर्थमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति पनि कडा आपत्ति जनाइन्। उनले मन्त्रीले संसदको रोष्टमबाट सांसदहरूलाई धम्क्याउने शैलीमा बोल्नु उपयुक्त नभएको बताइन्। ‘मानव अधिकारको रिपोर्ट जसरी लुकाइयो त्यसरी नै गृहमन्त्रीको रिपोर्ट पनि लुकाइएको छ। त्यस्तै,अर्थमन्त्रीज्यूको अभिव्यक्तिप्रति घोर आपत्ति जनाउन चाहन्छु। मन्त्रीले रोष्ट्रमबाट सांसदलाई थर्काउने होइन्।