नेपाली सेनाद्वारा सुदूरपश्चिमका २० वटा विद्यालयमा सेवादल तालिम
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा नेपाली सेनाले प्रदान गर्ने राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजन तालिम सुरु भएको छ। सुदूरपश्चिमबाट तालिमका लागि छनोट भएका सामुदायिक र निजी गरी बीस विद्यालयमा सोमबारदेखि सेवा दल तालिम सुरु भएको सेनाको सुदूरपश्चिम पृतनाले जनाएको छ।
