SHARE
पर्दाफास · मङगलबार २ असार २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

विश्वकप प्रसारण निःशुल्क गर्न सांसद हमालको माग

नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकप प्रतियोगिताको प्रसारण आम नागरिकको पहुँचमा सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हमालले विश्वकप हेर्नका लागि दर्शकले ९९९ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था सबै नागरिकको पहुँचमा नरहेको बताए।