हाजिरी जमानीमा छुटे सेफ सन्ताेष साह
सेफ सन्तोष साह हाजिरी जमानीमा छुटेका छन् । काठमाडौंमा रेष्टुरेन्ट खरिदका क्रममा दिइएको चेक अनादर तथा ठगी कसुरमा शनिबार पक्राउ परेका साह आइतबार हाजिरी जमानीमा रिहा भएका हुन्। साहलाई हिजाे हाजिरी जमानीमा छाडिएको काठमाडौं जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।
