SHARE
पर्दाफास · मङगलबार २ असार २०८३ ०५:५८ AM · 1 मिनेट पढाइ

टरिगाउँ विमानस्थल : न त जहाजको टुङ्गो, न त बजेटकै

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थल नेपालकै पुराना विमानस्थलमा पर्छ । २०११ सालमा सञ्चालनमा आएको विमानस्थल सुरुवातमा जुन अवस्थामा थियाे हाल पनि उही अवस्थामा छ  । हाल विमानस्थलको लम्बाइ ७५० मिटर रहेको छ । धावनमार्ग सानो भएकै कारणले अहिले ठूला विमानहरु बस्न सक्दैनन् । उन्नाइस सिट क्षमताको जहाज मात्रै बस्छन् ।