SHARE
पर्दाफास · मङगलबार २ असार २०८३ ०४:१४ AM · 1 मिनेट पढाइ

नेपाल दलित संघको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्ष पदमा चितवनका विपेन्द्र रामुदामुलाई नियुक्त गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गतेको बैठकको निर्णयअनुसार पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम रामुदामुलाई नियुक्ति गरेका हुन् ।