SHARE
पर्दाफास · मङगलबार २ असार २०८३ ०४:३६ AM · 1 मिनेट पढाइ

दुई सातापछि फुकुवा भए मुस्ताङमा रोकिएका ७७५ बिवाइडी सवारी

मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ। सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरलानाकामा नियन्त्रणमा लिइएका ती सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म जोमसोमले जनाएको छ।