बारामा छतमा पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
रौतहट । बाराको कोल्हवी नगरपालिकामा आफ्नै घरको छतमा गएराति पिसाब फेर्ने क्रममा छतमा लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोल्हवी नगरपालिका–३ जुगुवा टोल निवासी करिब ५० वर्षीय सोभालाल चौधरी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार राति करिब डेढ बजे चौधरी आफ्नै एकतले पक्की घरको छतमा पिसाब फेर्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका थिए। छतबाट खसेपछि उनको टाउको र मुखमा गम्भीर चोट लागेको थियो। घाइते चौधरीलाई तत्काल उपचारका लागि तामागढी अस्पताल, कोल्हवी लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा रेफर गरिएको थियो।
