भारतको सहयोगमा मुस्ताङमा विद्यालयको छात्रावास भवन निर्माण
भारत सरकारको सहयोगमा मुस्ताङको लोमान्थाङमा विद्यालयको छात्रावास भवन निर्माण गरिएको छ । लोमान्थाङ गाउँपालिका–१ स्थित लोवो न्यिफुग नामद्रोल नोर्बुलिङ मठ विद्यालयको छात्रावास भवन निर्माण सम्पन्न गरि उद्घाटन गरिएको छ। भवनको भारतीय राजदूत नवीन श्रीवास्तव तथा लोमान्थाङ गाउँपालिकाका अध्यक्ष ताशी न्हार्बु गुरुङले संयुक्त रूपमा उद्घाटन गरे। दुई तले छात्रावास भवन चार ब्लकसहित निर्माण गरिएको हो।
