SHARE
कालिका खबर · सोमबार १ असार २०८३ ०४:५० PM · 1 मिनेट पढाइ

आश्विन र एन्जल राष्ट्रब्यापी टिकाभैरब कराँतेको वेस्ट फाइटर

ललितपुर – ९ औँ राष्ट्रब्यापी टिकाभैरब सो क्योकुसिन फूल कन्ट्याक्ट कराँतै प्रतियोगितामा आश्विन नगरकोटी र एन्जल राना उत्कृष्ट खेलाडी भएका छन् । टिकाभैरब सो क्योकुसिन कराँते शाखा डोजोको आयोजनामा टिकाभैरबको मन्दिर प्रागंणमा २ दिन चलेको प्रतियोगितामा आयोजक डोजोका नगरकोटी र राना उत्कृष्ट खेलाडी भएका हुन् । प्रतियोगितामा सहभागी १ सय १० जना खेलाडीहरु मध्येबाट उनीहरु उत्कृष्ट खेलाडी छानिए । आयोजक टिमका आश्विन नगरकोटीले पुरुष ३० केजी तौल समुहमा पहिलो पनि भएका थिए । सो स्पर्धामा संस्कार थापा दोस्रो तथा विकास तामाङ र अपिल राई तेस्रो भए ।