SHARE
पर्दाफास · सोमबार १ असार २०८३ ०४:४३ PM · 1 मिनेट पढाइ

विश्वकप हेर्ने नाममा साइबर ठगी बढ्दो, शंकास्पद एप डाउनलोड नगर्न प्रहरीको आग्रह

विश्वकप २०२६ हेर्न सकिने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यममा फैलाइने शंकास्पद एप र लिंकप्रति सचेत रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। साइबर ब्यूरोले सूचना जारी गर्दै विश्वकप हेर्ने बहानामा एन्ड्रोइड इन्स्टलर फाइल डाउनलोड तथा इन्स्टल गराउन लगाई मोबाइल बैंकिङ ह्याक गर्ने र आर्थिक ठगी गर्ने गतिविधि बढ्दै गएको जनाएको छ।