नेपाली बजारमा रियलमीका पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक, एआई अनुभवसहित उच्च प्रदर्शनको दाबी
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा आफ्नो नयाँ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ पी३ सिरिजले उच्च प्रदर्शन, आकर्षक डिजाइन तथा नवीन एआई अनुभवमार्फत उपभोक्तालाई थप उत्कृष्ट मोबाइल प्रयोग अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। रियलमीका अनुसार पी३ अल्ट्रा फाइभजी मा शक्तिशाली डाइमेन्सिटी ८३५० अल्ट्रा चिपसेट प्रयोग गरिएको छ। यसमा ६,००० एमएएच क्षमताको टाइटन ब्याट्री तथा ८० वाट अल्ट्रा चार्ज प्रविधि उपलब्ध गराइएको छ, जसले छिटो र प्रभावकारी चार्जिङ सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ।
