SHARE
अन्नपूर्ण · सोमबार १ असार २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनाल र चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका लिउबीच भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका लिउ हाइक्सिङबीच भेटवार्ता भएको छ।बेइजिङमा सोमबार भएको भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, दुई देशका राजनीतिक दलबीचको आदानप्रदान विस्तार गर्ने तथा जनस्तरको सम्बन्धलाई अझ गहिरो बनाउने विषयमा फलदायी छलफल भएको परराष्ट्रमन्त्री खनालले जानकारी दिएका छन्।