SHARE
पर्दाफास · सोमबार १ असार २०८३ ०२:०४ PM · 1 मिनेट पढाइ

हिमालको काखमा क्रिकेट : बालेनले भिडियो सेयर गरेपछि विश्वको नजर अपि हिमालतर्फ

सुदूरपश्चिमको सबैभन्दा उचाइको सात हजार १३२ मिटर अग्लो अपी हिमाल वरिपरि सेताम्मे हिमशृङ्खला छन् । तल हरियो घाँसेमैदान । भेडाबाख्राको बथानसँगै चरिरहेका देखिन्छन् । वरिपरि यार्सागुम्बा सङ्कलन गर्न पुगेका युवाहरूको चहलपहल । अपि हिमालको काखमा रहेको अपि बेसक्याम्प, त्यहाँको स्थानीय भाषामा ‘पिलकन्द पैदान’ भनेर चिनिने मैदानमा युवाहरू क्रिकेट खेलिरहेका छन् ।