SHARE
Samata Press · सोमबार १ असार २०८३ ०६:१० PM · 1 मिनेट पढाइ

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ । धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला व्यवस्थापनमा  चुनौती थपिएको छ ।  मुक्तिनाथ दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकले तोकिएका  स्थानमा उचित ढङ्गले फोहरमैला व्यवस्थापन नगरेकाले  फोहरमैला व्यवस्थापनमा चुनौती थपिएको हो ।    बिगत वर्षभन्दा चालु वर्षमा मुक्तिनाथको दर्शन गर्न आउने  भारतीय पर्यटकहकरुको आगमन भने बढेको छ । भारतीय पर्यटकहरुकै कारण यहाँ जथाभावी फोहर बढेसँगै व्यवस्थापनमा कठिनाइ भएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए ।   अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोम कार्यालयका अनुसार झण्डै दैनिक १० हजार भारतीय पर्यटक मुस्ताङको मुक्तिनाथमा दर्शन गर्न  आउने गरेको उल्लेख छ । यहाँ दर्शनार्थी बढेसँगै, राजमार्ग, आसपासका होटलमा पर्यटकको  चहलपहल भने उत्साह जनक  रहेको छ ।  दर्शनार्थीले स्नान गर्दा जथाभावी फोहर मिल्काउने, अनियन्त्रित रुपमा जथाभावी फोहर गर्ने लगायतका कामले वातावरणीय सौन्दर्यतामाथि प्रश्न उठ्न थालेको छ ।