बागमती प्रदेश सरकारले ल्यायो ६६ अर्ब ९३ करोड बढीको बजेट
काठमाडौं : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ। सोमबार बसेको बागमती प्रदेश सभा बैठकमा बागमतीका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्। उनले आगामी आर्थिक वर्षमा चालु तर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ अर्थात ३४ दशमलव ३१ प्रतिशत र पुँजीगत तर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ अर्थात ६५ दशमलव ६९ प्रतिशत विनियोजन गरिएको जानकारी दिए।
