सुरक्षित समाज निर्माणमा मुक्तिनाथ विकास बैंकको सहयोग
काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायको सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन विभिन्न जिल्लाका प्रहरी कार्यालय, इलाका प्रहरी तथा ट्राफिक प्रहरी कार्यलयहरुलाई आवश्यक पर्ने कार्यालय सामग्रीहरु सहयोग गरेको छ । बैंकले जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय धादिङ र बाँके जिल्लाको साईगाउँ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय झापालाई कम्प्युटर, फर्निचर तथा कार्यालय सामग्रीहरु हस्तान्तरण गरेको हो । साथै, ट्राफिक जिल्ला प्रहरी कार्यालय बर्दियालाई रोड डिभाइडर, सचेतामूलक बोर्ड सहयोग गरेको छ ।
