अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : प्रेमप्रसाद दंगाल
काठमाडौं । नेकपा (एमाले)का राष्ट्रिय सभा संसदीय दलका नेता डा. प्रेमप्रसाद दंगालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै दंगालले आर्थिक विधेयक र आय, व्ययको अनुमान समेत प्रस्तुत भइसकेपछि करको दर हेरफेर गर्ने अपराध गरेकाले अर्थमन्त्री वाग्लेले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै नेता दंगालले संसदीय छानविन समिति गठन गरी अर्थमन्त्री वाग्लेमाथि छानबिन गरी कारबाही गर्नुपर्ने पनि बताए । उनले सरकारले ल्याएको बजेटले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य नलिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
