SHARE
पर्दाफास · सोमबार १ असार २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

सीमा मुद्दामा नेपालले रणनीतिक पुनर्संरचनागर्न आवश्यक

भारत र चीनले लिपुलेक नाका पुनः सञ्चालन गरी व्यापार तथा कैलाश–मानसरोवर तीर्थयात्रालाई सहज बनाउने तयारी गरिरहेका बेला नेपालले आफ्नो परराष्ट्र नीतिको गम्भीर परीक्षा सामना गरिरहेको छ। प्रश्न अब केवल सीमा विवादको मात्र होइन, बदलिँदो क्षेत्रीय शक्ति सन्तुलनबीच आफ्नो हित कसरी सुरक्षित गर्ने भन्ने पनि हो।