हर्मुज जलडमरू फेरि खुल्यो, अब पेट्रोल–डिजेलको मूल्य सस्तो होला ?
काठमाण्डु – अमेरिका र इरानबिच भएको समझदारीपछि विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलडमरू पुन: सञ्चालनमा आएको छ । यसले तेल आपूर्तिसम्बन्धी तत्कालीन चिन्ता कम गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । तर यसको अर्थ भारतमा पेट्रोल, डिजेल र एलपीजी ग्यासको मूल्य तुरुन्तै घट्नेछ भन्ने होइन ।
