मधेश सरकारले बढायो कर्मचारीको तलब
काठमाण्डु– मधेश प्रदेश सरकारले कर्मचारीको तलब बढाएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले सरकारी कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरिएको बताएका हुन् । त्यसबाहेक, कार्यसम्पादनको आधारमा १० प्रतिशत प्रोत्साहन भत्ता पनि थपिने छ । प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति दिने बताएको छ।
