शिक्षामन्त्रीसँग स्विट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत ड्यानिएल मेउलीले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरु बीच आपसी हित, द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन र स्वीस सरकारले नेपालको शिक्षा क्षेत्रमा गर्दै आएको सहयोग तथा शिक्षा क्षेत्रमा फराकिलो साझेदारिता अभिवृद्धिलगायत विषयमा छलफल भएको छ ।
