SHARE
पर्दाफास · सोमबार १ असार २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

जनताको चाहना सुशासन, तीव्र विकास र शान्ति हो : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनताले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीव्र विकास, शान्ति र प्रगति चाहेको बताएका छन् । सोमवार लोकसेवा आयोगको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।