SHARE
Samata Press · सोमबार १ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

आन्दोलनरत पत्रकारहरूको मागमा एमालेको ऐक्यबद्धता 

काठमाडौँ। एमाले सचेतक निता घतानीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विनियोजित बजेटमाथि संसद्मा कडा टिप्पणी गरेकी छिन्। मन्त्रालयको कार्यसम्पादनमा असन्तुष्टि जनाउँदै उनले विनियोजित बजेटमा ‘१ रुपैयाँ मात्र कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्तावसमेत राखेकी छिन्। संसदमा आफ्नो सम्बोधनका क्रममा सचेतक घतानीले हाल आन्दोलनरत पत्रकारहरूको मागमा ऐक्यबद्धता जनाइन्। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने निकाय नै सञ्चारमाध्यम र पत्रकारको हकहितमा बाधक बनेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन्। “सन् २०२५–२६ मा मात्रै प्रेस स्वतन्त्रता उल्लङ्घनका करिब ७० घटना हुनु गम्भीर विषय हो,” उनले भनिन्। पत्रकारको भौतिक र व्यावसायिक सुरक्षाका लागि ‘पत्रकार सुरक्षा ऐन’ बनाउन र पीडित पत्रकारका लागि स्थायी राहत कोष स्थापना गर्न उनले माग गरिन्।  राजस्व संकलनमा मन्त्रालयले ध्यान दिए पनि सेवा प्रवाहमा भने ठूलो चुचुती देखिएको घतानीको भनाइ छ। उनले प्रश्न गरिन्, “देशका धेरै क्षेत्रमा मोबाइल नेटवर्क र इन्टरनेट पुग्न सकेको छैन।