नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
इजरायल । इजरायलका रक्षामन्त्री इजरायल काट्जले सोमबार स्पष्ट रूपमा इजरायल लेबनान, सिरिया र गाजा पट्टीमा हाल नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने अडान सार्वजनिक गरेका छन् । अमेरिका र इरानबिचको अन्तरिम शान्ति सम्झौता अघि बढिरहेको सन्दर्भमै आएको यो अभिव्यक्तिले क्षेत्रीय तनाव अझै कायम रहेको सङ्केत दिएको छ । अमेरिका–इरान सम्झौताको औपचारिक हस्ताक्षरका लागि शुक्रबार जेनेभामा वार्ता हुने तयारी भइरहेका बेला इजरायलको यो पहिलो आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको हो । पाकिस्तानले मध्यस्थकर्ताका रूपमा उक्त भेटवार्ताको जानकारी दिएको छ ।
