भौतिकमन्त्री लम्सालको धम्कीपूर्ण चेतावनीः काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिन्छु
काठमाण्डु– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ‘खुट्टा भाँचिदिने’ धम्कीपूर्ण चेतावनी दिएका छन् । निर्माणाधीन नागढुङ्गा–मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा लम्सालले ठेकेदारको खुट्टा भाँच्ने धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ठेकेदारले समयमै काम नसक्दा सर्वसाधारण जनताले सास्ती पाएको उनको भनाइ छ ।
