हर्क साम्पाङको माग- प्रहरीको स्वेच्छाचारिता रोकियोस्
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले प्रहरीको पछिल्लो कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै राईले राष्ट्रिय स्वाभिमान, नागरिक सुरक्षा तथा प्रहरीको भूमिकासम्बन्धी विषय उठाएका हुन् । उनले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको विवादित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका छन् ।
